काठमाडौं : ख्यातिप्राप्त गायक मुरलीधरको मैथिली भाषाको नयाँ गीत 'चंदा हमर हिया सँ' सार्वजनिक भएको छ । मुरलीरानु नामक युट्युब च्यानलमार्फत् उनले गीतको लिरिकल भिडियो समेत सार्वजनिक गरेका छन् । गायक स्वयकै संगीत रहेको गीतको शब्द गुरु धिरुले लेखेका हुन् । यस्तै गीतका निर्माता धीरेन्द्र पासवान सौर्य हुन् ।
नेपाली भाषामा दर्जनौँ सुपरहिट गीत गाएर लोकप्रिय बनेका गायक मुरलीधरले संगीतकार, गीतकार, कलाकार, निर्देशक, लेखक लगायतका परिचय बनाएका छन् । उनले गाएका नेपाली गीतहरुमा उडायो सपना सबै हुरीले, निष्ठुरीलाई माया गरी लगायत बहुचर्चित गीतहरु हुन् ।
यस्तै उनले तृष्णा, कुरु क्षेत्र, सम्पत्ति लगायत थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका छन् । नेपाली, मैथिली, भोजपुरी, हिन्दी भाषाका गीत र चलचित्रमा काम गरेका मुरलीधरले मै हाजाद हुँ, भीमा, हम दो हमारे दो लगायतका हिन्दी चलचित्रमा पनि अभिनय गरिसकेका छन् ।
प्रतिक्रिया