काठमाडाैंः सरकारविरुद्ध पाँच विद्यार्थी संगठनले आज संयुक्त प्रदर्शन गर्ने भएका छन्। विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले आज बिहीबार सरकारविरुद्ध प्रदर्शन गर्ने भएका हुन्।
प्रमुख प्रतिपक्षी कांग्रेसकाे नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रकाे अखिल क्रान्तिकारी, एमाले माधव नेपाल समूहकाे अनेरास्ववियु, जसपा उपेन्द्र समूहकाे समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमाेर्चाकाे अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शन गर्ने भएका हुन्।
काेराेना महामारी नियन्त्रण गर्नुपर्ने र बाढी पीडितकाे उद्धार तथा राहतमा केन्द्रित हुनपर्ने सरकार कुशासन, महँगी र भ्रष्टाचारमा केन्द्रित रहेकाले विराेध प्रदर्शनमा उत्रिएकाे संयुक्त विद्यार्थी संगठनद्वारा जारी गरिएकाे विज्ञप्तिमा भनिएकाे छ।
प्रतिक्रिया