काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । पाण्डेले बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ लिएका हुन् ।
पाण्डे गठबन्धनमा रहेका दलका सांसदको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । पाण्डेसँगै गठबन्धनबाट ३ जनाले मन्त्रीको शपथ लिएका छन् ।
नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीबाट कृष्ण खनालले मन्त्रीको शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरुले पनि प्रदेश प्रमुख शर्मासमक्ष शपथ लिएका हुन् ।
मोक्तानलाई सामाजिक विकास, शर्मालाई आन्तरिक मामिला तथा कानुन र भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया