काठमाडौं : देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । स्पिन इभेन्टरस प्रालिले चैत ७ देखि लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने जनाएको छ । अखिल नेपाल टेबल टेनिस संघको प्रतियोगितालाई प्राविधिक सहयोग गर्नेछ ।
मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनमा आयोजक स्पिन इभेन्टरस प्रालि र मुख्य प्रायोजक भ्याली कन्स्ट्रक्सन प्रा।ली बीच सम्झौता भएको छ । प्रतियोगिता सरकारले लागु गरेको नागरिक स्वास्थ्य मापदण्डमा रहेर आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
लामो समयदेखि कोभिड-१९ महामारीले खेलकुद गतिविधि सुस्त रहेको स्थितिमा खेलाडीको मनोबल उच्च बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया