लेटेस्ट न्युज
advertisement1

दक्षिण अफ्रिकाविरुद्धकाे एकदिवसीय श्रृङ्खला पाकिस्तानलाई

Maryada News 2021-04-08 11:59:40
दक्षिण अफ्रिकाविरुद्धकाे एकदिवसीय श्रृङ्खला पाकिस्तानलाई

एजेन्सीः दक्षिण अफ्रिका र पाकिस्तानबीचकाे एकदिवसीय श्रृङ्खलामा पाकिस्तानले २-१ काे जित निकाल्दै श्रृङ्ला कब्जा गरेकाे छ। बुधबार राति सम्पन्न तेस्राे तथा अन्तिम एकदिवसीय खेलमा पाकिस्तानले २८ रनकाे जित हासिल गर्दै श्रृङ्खला कब्जा गरेकाे हाे।

यसअघिकाे पहिलाे खेलमा पाकिस्तान ३ विकेटले विजयी भएकाे थियाे भने दाेश्राे खेलमा दक्षिण अफ्रिका १७ रनले विजयी भएकाे थियाे।

याेसँगै दक्षिण अफ्रिकी भूमीमा एकभन्दा बढी एकदिवसीय श्रृङ्खला जित्ने पाकिस्तान दाेश्राे टाेली हाे। अष्ट्रेलियाले दक्षिण अफ्रिकी भूमीमा तीन पटक एकदिवस‍ीय श्रृङ्खला जितेकाे छ भने पाकिस्तानले दुई पटक जितेकाे छ। 

बुधबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले टस जित्दै पाकिस्तानलाई ब्याटिङकाे निम्ताे  दिएकाे थियाे। पहिले ब्याटिङ गर्दै पाकिस्तान ७ विकेटकाे क्षतिमा तीन सय २० रन बनाउन सफल भयाे। जवाफि ब्याटिङमा उत्रिएकाे दक्षिण अफ्रिका ४९ ओभर ३ बलमा दुई सय ९२ रनमा अल आउट हुन पुग्याे।  

पाकिस्तानका कप्तान बाबर आजम म्यान अफ द म्याच भए। उनी शतक हान्न ६ रनले चुकेका थिए। पाकिस्तानका लागि फकार जमानले शतक प्रहार गरेका थिए। उनी म्यान अफ द सिरिज भए। दाेश्राे एकदिवसीयमा उनले एक सय ९३ रनकाे विशाल पारी खेलेका थिए। 

दक्षिण अफ्रिकाका लागि बुधबारकाे खेलमा जानेमन मलानले ७० रनकाे पारी खेले। काइल भेरेइनले ६२ रनकाे पारी खेले। तर पाकिस्तानी बलर चम्किँदा दक्षिण अफ्रिका निर्धारित ५० ओभरसम्म पनि टिक्न सकेन। पाकिस्तानका लागि माेहम्मद नवाज र साहिन अफ्रिदीले ३-३ विकेट लिएर पाकिस्तानकाे जित सुनिश्चित गरेका थिए। 

दक्षिण अफ्रिका र पाकिस्तानबीच टी ट्वेन्टी श्रृङ्खला आगामी शनिबारबाट शुरु हुँदै छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्