काठमाडाैंः विश्वकप-२०२२ तथा एसियन कप-२०२३ काे छनाैट चरणअन्तर्गत आज नेपालले अष्ट्रेलियाकाे सामना गर्दैछ। कुवेतकाे जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बाट शुरु हुनेछ।
अष्ट्रेलिया फिफा वरियतामा ४१ औं स्थानमा रहेकाे छ भने नेपाल १७१ औं स्थानमा रहेकाे छ। अष्ट्रेलियाले पाँच पटक विश्वकप खेलिसकेकाे छ।
नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले प्रि म्याच कन्फरेन्समा अष्ट्रेलियासँग राम्रो खेल्ने बताएका छन्।
नेपालकाे एसियन कप छनाैटको तेस्रो चरण पुग्ने सम्भावना भने कायमै छ। प्लेअफकाे माध्यमबाट तेस्राे चरणमा पुग्ने सम्भावना कायमै छ नेपालका लागि।
यता अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्ड पनि नेपालसँग खेल्न उत्साहित रहेकाे बताउँछन्। उनले नेपालकाे खेल सुध्रिएकाे पनि बताए।
अंक तालिकाकाे समूह ‘बी’ मा अष्ट्रेलिया अपराजित हुँदै १८ अंकसहित शीर्ष स्थानमा रहेको छ। नेपाल ६ अंकसहित चौंथो स्थानमा रहेको छ। यसअघि अष्ट्रेलियासँग नेपालले एक खेल खेलेकाे थियाे। त्यसमा नेपाल ५-० ले पराजित भएकाे थियाे।
प्रतिक्रिया