लेटेस्ट न्युज
advertisement1

शेयर बजारमा एकैदिन दुई नयाँ रेकर्ड

Maryada News 2021-05-18 17:23:28
शेयर बजारमा एकैदिन दुई नयाँ रेकर्ड

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज एकै दिन दुई नयाँ रेकर्ड कायम गरेको छ । आज मंगलबार नेप्सेमा हालसम्मकै सर्वाधिक कारोबार र उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।आज नेप्सेमा ११ अर्ब ३५ करोड ९३ लाख बराबरको करोबार भएको छ ।

यो कारोबार हालसम्मकै उच्च हो । त्यस्तै, आज नेप्से हालसम्मकै उच्च विन्दुमा पनि पुगेको छ । आज नेप्से दुई हजार सात सय ९३ दशमलब ८९ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । नेप्सेका अनुसार आज ३४.६८ अंकले नेप्से बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्