लेटेस्ट न्युज
advertisement1

वैशाख २७ भित्रै कतारी रियाल साट्न आग्रह

Maryada News 2021-04-20 21:20:37
वैशाख २७ भित्रै कतारी रियाल साट्न आग्रह

काठमाडौं : नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ ।     
 कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ । सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो ।

वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्