लेटेस्ट न्युज
advertisement1

साताको अन्तिम दिन स्थिर देखियो शेयर बजार, ७ अर्बको कारोबार

Maryada News 2021-09-09 17:21:56
साताको अन्तिम दिन स्थिर देखियो शेयर बजार, ७ अर्बको कारोबार

काठमाडौं: साताको अन्तिम दिन बिहीबार शेयर बजार स्थिर देखिएको छ । दिनभरको उताचढाव बिच बजार बन्द हुँदा ० दशमलव ०२ प्रतिशतले मात्रै बजार घटेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले मात्रै घटेको छ । समग्रमा बजार घटेपनि ठूलो गिगरावट छैन ।

व्यापार, हाइड्रोपावर, जीवन बीमा र लगानी समूहमा रहेका कम्पनीहरुको शेयर मूल्य बिहीबार बढेको छ भने यस बाहेकका कम्पनीहरुको मूल्य घटेको छ । कारोबार रकममा पनि उल्लास देखिएन ।

बुधबार ९ अर्ब माथिको शेयर कारोबार भएकोमा बिहीबार जम्मा ७ अर्ब भन्दा थोरे बढीमात्रैको शेयर किनबेच भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्