काठमाडौं : कोकाकोला नेपालल ७ वटा उत्कृष्ट आईडियालाई सिडमनी प्रदान गर्ने भएको छ । हरेक प्रदेशको एक उत्कृष्ट आईडियालाई रु. ५० हजार सिडमनी प्रदान गरिने नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाँले जानकारी दिए ।
वातावरण संरक्षण र युवा सहभागिताको विषयलाई प्राथमिकतामा राखेर आउने नयाँ आइडियालाई उक्त रकम प्रदान हुने भएको हो । विगतका बर्षहरुमा पनि यस्तै गदै आईरहेको छ र युवा सशक्तिकरण र वातावरण संरक्षणमा सक्रिय कोकाकोला नेपालले आगामी दिनहरु थप रचनात्मक कार्यहरु गर्ने विश्वास पनि अध्यक्ष बानियाँले बताए ।
सन् २०१८ मा सम्पन्न भएको “राष्ट्रिय युवा सम्मेलन २०१८” मा हरेक प्रदेशबाट प्रस्तुत गरेको योजनाहरुबाट १र१ ओटा योजनालाई कोकाकोला नेपालसँगको आर्थिक सहकार्यमा रु। ७५,००० सिड फण्ड उपलब्ध गराई हरेक प्रदेशमा योजना कार्यन्वयन भईसकेको छ ।
२०१९ मा विश्व पर्यटन दिवसको अवसरमा नेपाल भ्रमण बर्ष २०२० लाई स्वागत एवं सफल पार्नका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयः वातावरण विभागको सहकार्य, नविल बैंकको मुख्य प्रायोजन र कोकाकोला नेपालको विशेष सहयोगमा ७७ वटा जिल्लाका ७७ वटा साँस्कृतिक सम्पदाका स्थलहरुमा ६७४२ जना युवाहरुको प्रत्यक्ष सहभागीतामा र ३८१ वटा अन्य संघसंस्थाका सहकार्यमा एकै पटक राष्ट्रियस्तरको बृहत सरसफाई कार्यक्रम २०७६ सम्पन्न गर्न सफल भएको थियौ ।
नेपाल युवा परिषदले ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई सहभागी गराई अन्र्तराष्ट्रिय युवा दिवस २०२१ मा राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा आयोजना गर्न लागेको छ ।
संयुक्त राष्ट्र संघले तय गरेको खाद्य प्रणालिमा रुपान्तरण मानव र भुमण्डलीकरण स्वास्थ्यका लागि युवा नवप्रवर्तन, स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवर्द्धन गर्ने, सिभिक स्पेस, युवा र सुचनाप्रविधिलाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको हो र यस सम्मेलन राजधानीमा आगामी अगष्ट १२ र १३, २०२१ अर्थात श्रावण २८ र २९, २०७८ सम्म भर्चुअल रुपमा चल्नेछ । कोभिड १९ को दोस्रो तथा तेस्रो सक्रमंणलाई मध्यनजर गर्दै यस बर्षको राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा आयोजना गर्न लागिएको हो ।
दुइ दिनसम्म चल्ने सम्मेलनमा २२० जना युवाहरुको सहभागिता रहनेछ जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ भने अन्य ६६ जनामा बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण हुनेछ भन्ने कुरामा आयोजक बिश्वस्त रहेको छ र जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछ ।
सम्मेलनमा संयुक्त राष्ट्र संघले तय गरेको खाद्य प्रणालिमा रुपान्तरण मानव र भुमण्डलीकरण स्वास्थ्यका लागि युवा नवप्रवर्तन, स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवर्द्धन गर्ने, सिभिक स्पेस, युवा र सुचनाप्रविधिलाई मुख्य बिषय बनाई बिभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछ ।
प्रतिक्रिया