सोलुखुम्बु: साहस ऊर्जा कम्पनीले असोज ६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।
जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीका अनुसार आइपीओ असोज ६ गते निष्कासन भइ छिटोमा असोज १० गते र ढिलोमा असोज २० गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीको भनाइ छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एआइबीएल एस क्यापिटल कम्पनी रहेको छ । सो कम्पनीलाई इक्रा नेपालले डबल बी प्लस रेटिङ दिएको छ ।
कम्पनीको सेयरमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीले सोलुखुम्बुको खोलुदुधकुण्ड नगरपालिका र थुलुङदुधकोसी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
यस आयोजनाको कुल लागत ब्याजसहित ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । आयोजनाले आगामी जेठ महिनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया