काठमाडाैंः जर्मनीले नेपाललाई १० मिलियन युरो अनुदान दिने भएको छ। नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि अनुदान दिइएकाे हाे।
अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच अनुदान प्रदान गर्ने सम्झौता भएको हो।
सोलार फार्म विस्तार गर्न, सोलार इरिगेसन विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोगस्वरुप अनुदान दिइएकाे बताइएकाे छ। अनुदान सहयाेग नेपालको ग्रामीण भेगमा केन्द्रित हुने नेपालका लागि जर्मनीका राजदूत राेनाल्ड सेइफरले बताएका छन्।
राजदूत सेइफरले ग्रिन हाउस ग्यास उत्सर्जनकाे विश्वव्यापी चुनौती सामना गर्न सबै मुलुक एक ठाउँमा आउन आवश्यक रहेकाे पनि बताए।
प्रतिक्रिया