काठमाडौं : निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभा २०७८ साल असार ६ गते सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको १९ औं वार्षिक साधारण सभाबाट ८५ बोनस सेयर र ०.४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ । सभाले साविक १ अर्ब २ करोड ६४ लाख ३२ हजार चुक्ता पुँजीबाट बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० हुनेछ ।
प्रतिक्रिया