लेटेस्ट न्युज
advertisement1

काठमाडाैंमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि

Maryada News 2021-05-17 09:58:55
काठमाडाैंमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि

काठमाडाैंः पछिल्लो समय काठमाडौं महानगरपालिकामा गरिएकाे कोरोना परीक्षणमा भयावह तथ्यांक सार्वजनिक भएकाे छ। गरिएकाे परीक्षणमध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि भएको पाइएकाे छ।

गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ। कामपाको ३२ वडाबाट मात्रै हाल हरेक दिन करिब ६ सय जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये करिब चार सय २० जनामा सङ्क्रमण पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ।

कामपाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेको छ। “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ”, कुँइकेलले भनिन्।

हालसम्म कामपाले सबैको निःशुल्क परीक्षण गर्दै आएको छ। यस्तै बिरामीहरूका लागि महानगरले निःशुल्क एम्बुलेन्सकाे व्यवस्था पनि गरेकाे छ। एम्बुलेन्स आवश्यक परेमा ११८० कामपाको हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने हुन्छ।

महानगरका जनस्वाथ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरका अनुसार पछिल्लो समय कामपामा सङ्क्रण दर अत्यधिक बढेको छ। उनले यसरी नै सङ्क्रमित बढ्ने हो भने अवस्था जटिल हुन सक्ने भन्दै सबैलाई स्वास्थय मापदण्ड पालना गर्न आग्रह समेत गरेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्