लेटेस्ट न्युज
advertisement1

काठमाडौंमा सार्वजनिक स्थलमा होली खेल्न रोक

Maryada News 2021-03-24 20:39:39
काठमाडौंमा सार्वजनिक स्थलमा होली खेल्न  रोक

काठमाडौं : काठमाडौंमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

संक्रमणको दरलाई न्यूनीकरण गर्नको निम्ति स्वास्थ्यका मापदण्डहरू अनिवार्य रूपमा पालना गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समय-समयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न समेत निरन्तरता दिन प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । चैत १५ गते पहाड र १६ गते तराईमा होली मनाइँदै छ।

यस्तै, सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए। 

यस्तै, कोभिड रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टिन, आइसोलेसन केन्द्रहरूको अवस्था के छ भन्ने सम्बन्धमा सबै स्थानीय तहमार्फत् अनुगमन गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको पनि उनले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्