काठमाडाैंः कोभिड–१९ बाट निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ। पछिल्लो ६ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलिएकाे कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका तीन सय ४१ नेपालीको निधन भएको थियो। गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता कोरोना सङ्क्रमण दरमा समेत उल्लेख्यरुपमा कमी आएको छ।
यस साता स्वीडेन, स्पेन, केन्या, युएइमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ। उनका अनुसार हालसम्म ५३ देशमा ६३ हजार तीन सय सात नेपालीमा कोरोना पुष्टि भएको छ। तीमध्ये ६१ हजार दुई सय ३७ सङ्क्रमण मुक्त भएका छन्।
प्रतिक्रिया