लेटेस्ट न्युज
advertisement1

 प्रमुखलाई कोरोना देखिएपछि कर कार्यालय बन्द    

Maryada News 2021-04-30 19:35:42
 प्रमुखलाई कोरोना देखिएपछि कर कार्यालय बन्द    

ओखलढुङ्गा : करदाता सेवा कार्यालयको सेवा बन्द गरिएको छ । कार्यालय प्रमुख कोशलेन्द्र रिजाललाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालयको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको हो । कार्यालय प्रमुख ४० वर्षीय रिजाललाई आज गरिएको एन्टिजेन परीक्षणमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्यमा सामान्य समस्यासहित कोरोनाको लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए ।  उनी यही वैशाख १० गते विवाहका लागि चितवन पुगेर काठमाडौँहुँदै १५ वैशाखमा जिल्ला फर्किका थिए ।  कोभिड सङ्क्रमण देखिए पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको करदाता सेवा प्रमुख रिजालले बताए। आफूलाई सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्मका लागि कार्यालयको सेवा बन्द गरिएको रिजालले जानकारी दिए ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्