लेटेस्ट न्युज
advertisement1

लुम्बिनी प्रदेशमा नौ सङ्क्रमितको निधन

Maryada News 2021-05-16 13:24:30
लुम्बिनी प्रदेशमा नौ सङ्क्रमितको निधन

रुपन्देहीः लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ सङ्क्रमितको निधन भएको छ। सात जना बाँकेका सङ्क्रमित र दुई जना दाङका सङ्क्रमितकाे निधन भएकाे हाे।

बाँकेमा अस्पताल भर्ना भएका बर्दियाका तीन, बाँकेका दुई, रोल्पाका र कैलालीका एक/एक गरी सात जनाको उपचारका क्रममा अस्पतालमै निधन भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए। 

उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१५ निवासी ६७ वर्षीय पुरुष, मधुवन नगरपालिका–९ बर्दिया निवासी ७१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ५० वर्षीय पुरुष, रुण्टीगढी गाउँपालिका रोल्पा निवासी ३५ वर्षीय पुरुष र बढैयाताल–२ निवासी ८७ वर्षीय पुरुषको गए राति निधन भएको हो।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत गौरीगङ्गा गाउँपालिका–४ कैलाली निवासी ५२ वर्षीय पुरुषको पनि गए राति उपचारका क्रममा निधन भएको हो। योसँगै बाँकेमा कोरोनाबाट दुई सय ३४ जनाको निधन भएको छ।

बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका एक सय ८३ जनाको निधन भएको स्रोत व्यक्ति वलीले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्