काठमाडौं : नेपाल सरकारले कोभिड–१९ विरुद्धको ५० लाख खोप खरीद प्रक्रियाबाट ल्याउने भएको छ।
थप ५० लाख खोप ल्याउनका लागि वार्ता भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए।
भारत सरकारले पहिलो चरणमा १० लाख खोप अनुदानमा उपलब्ध गराएको थियो भने त्यसपछि थप १० लाख डोज ‘कोभिशिल्ड’ खोप सरकारले भारतबाटै खरिद गरेर ल्याएको थियो।
चीन सरकारले पाँच लाख खोप दिने प्रतिबद्धता गरेको छ भने उक्त खोपलाई प्रयोग गर्न सरकारले स्वीकृति दिने तयारी गरेको छ।
शुरुमा प्रतिमात्रा १० अमेरिकी डलर पर्ने यो खोपको मूल्य घटेर हाल दुई डलरमा झरेको छ ।
प्रतिक्रिया