पर्साः वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक काेराेना संक्रमितकाे निधन भएकाे छ। निधन हुनेमा सर्लाही जिल्ला धनकाैल गाउँपालिका-४ का ४३ वर्षीय पुरुष रहेकाे अस्पतालले जनाएकाे छ।
मंगलबार मात्रै उनलाई अस्पताल भर्ना गरिएकाे थियाे। भर्ना गरेपछि गरिएकाे स्वाब परीक्षणमा उनमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे। उनकाे बुधबार राति पाैने दुईमा निधन भएकाे अस्पतालले जानकारी दिएकाे छ।
प्रतिक्रिया