लेटेस्ट न्युज
advertisement1

आज मातातीर्थ औंसी, आमाकाे मुख हेर्ने दिन मनाइँदै

Maryada News 2021-05-11 09:55:31
आज मातातीर्थ औंसी, आमाकाे मुख हेर्ने दिन मनाइँदै

काठमाडाैंः नेपाली परम्पराअनुसार आज वैशाखकृष्ण पक्षको दिन मातातीर्थ औंसी मनाइँदै छ। आमाको मुख हेर्ने दिनका रुपमा मनाइने यस पर्वमा आमाकाे सम्मानमा सन्तानले आमालाई उपहार र मीठाे खानेकुरा खान दिएर आमाप्रति श्रद्धा तथा सम्मान  प्रकट गरिन्छ।

शास्त्रमा आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि ठूलाे मानिएकाे छ। आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराउने एवम् दिवङ्गत आमाकाे महानता सम्झने गर्दछन्। 

सन्तानलाई जीवन दिने नै आमा भएकाले आमाको कसैसँग तुलना नहुने शास्त्रमा उल्लेख गरिएकाे छ। वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ।

आजकै दिन काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गरेकाेमा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले मेला स्थगित गरिएको नगर प्रमुख घनश्याम गिरीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्