धनुषाः यस वर्षको राजर्षि जनक प्रतिभा पुरस्कार गजलकार कृष्णजङ्ग राणालाई प्रदान गरिने घोषणा गरिएको छ। नेपाल राष्ट्रिय हिन्दी सम्मेलन समितिको बिहीबार जनकपुरधाममा बसेको बैठकले सो निर्णय गरेको हो।
नेपालगञ्ज घर भएका ९० वर्षीय राणाको हिन्दी भाषामा ११ पुस्तक प्रकाशित छन्। पुरस्कारमा रू ५५ हजार पाँच सय ५५ र कदरपत्र रहने नेपाल हिन्दी राष्ट्रिय सम्मेलनका अध्यक्ष राजेश्वर नेपालीले बताए।
यही चैत २१ र २२ गते जनकपुरधाममा हुने १९ औंँ सम्मेलनमा सो पुरस्कार प्रदान गरिने बताइएको छ।
प्रतिक्रिया