लेटेस्ट न्युज
advertisement1

कोरोना रोक्न देवतालाई बलि!

Maryada News 2021-05-16 09:50:53
कोरोना रोक्न देवतालाई बलि!

जाजरकाेटः जिल्लाकाे नलगाड नगरपालिका-८ हल्चाैरमा काेराेना राेकथामका लागि देवीलाई बलि चढाइएकाे छ। शनिबार दिउँसो गाउँलेहरू जम्मा भएर कालिका माई देवीलाई बाेकाकाे बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताए।

नलगाडमा एक जनप्रतिनिधको निधन भएसँगै र छिमेकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा व्यापक मात्रामा कोरोनाको सङ्क्रमण बढेपछि सो रोक्न बलि दिइएको खत्रीले जानकारी दिए। उनले भने, “यसको औषधि बनेको छैन रे, हाम्रो गाउँमा समेत एक जनालाई कोरोना देखिसक्यो। बाँच्ने उपाय केही नभएपछि देवीको शरणमा पुगेको छौँ।”

यही जेठ १२ गते मष्टो देवतालाई बलि दिने गरी शनिबार बोकाको भाकल गरिएको छ। शनिबारदेखि रातभर खर्कराती गर्ने (गाउँभरिका मानिस जम्मा भएर देवताको मन्दिरमा जाग्राम बस्ने) योजनाका साथ गाउँलेहरू मन्दिरमा जम्मा भएको खत्रीले बताए। मष्टा देवता र कालिका माईबाहेक अरुले यो रोग नियन्त्रण गर्न नसक्ने धामी हर्कबहादुर खत्रीले बताए। पटकपटक यस्ता खालका महाविपत्ति आउँदा देवताको शरणमा जाने गरेको उनले बताए।

हल्चौर जुम्ली सिञ्जाका न्यौपाने खत्रीहरुको बाहुल्य रहेको गाउँ हो। यहाँ जुम्लाकै मष्टो देवता मनाउने गरिन्छ। जाजरकोटमा झाडापखाला रोग नियन्त्रणका लागि पनि स्थानीयहरू देवताको शरणमा गएका थिए। स्थानीयले पैसा जम्मा गरी उठाएको रकमबाट बोका खरिद गरी देवताका नाममा बलि दिने चलन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्