लेटेस्ट न्युज
advertisement1

रवीन्द्र मिश्रकाे चाैथाे पुस्तक ‘राजनीतिसँगै राजकाज’ फागुन अन्तिममा

Maryada News 2021-02-25 17:33:03
रवीन्द्र मिश्रकाे चाैथाे पुस्तक ‘राजनीतिसँगै राजकाज’ फागुन अन्तिममा

काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक ‘राजनीतिसँगै राजकाज’ प्रकाशन हुने भएकाे छ। फागुन अन्तिम सातादेखि बजारमा उपलब्ध हुने पुस्तकमा ३८ ओटा स्तम्भ–निबन्धहरूको सङ्ग्रह रहने मिश्रले बताएका छन्।

मिश्रले आफ्नाे पुस्तकमा ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरेकाे बताएका छन्। 

पुस्तकबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् यूएनडीपी मुख्यालय, न्युयोर्कमा वरिष्ठ सल्लाहकार रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले ‘राजनीतिसँगै राजकाज’ पढ्नैपर्ने बताएका छन्।

फाइनप्रिन्टले प्रकाशन गर्न लागेको पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) लेखक मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गर्ने बताएका छन्। यसअघि प्रकाशित तीन ओटा पुस्तकको लेखकस्व उनले सुरुदेखि नै चितवनमा विपन्न चेपाङ समुदायमा कार्यरत मितेरी फाउन्डेसनको सहयोगार्थ प्रदान गर्दै आएका छन्।

‘हामीले राजनीति धेरै गर्‍यौं। तर राजकाजमा सधैं चुक्यौं । नेतृत्वका पञ्च गुण— इमानदारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टिमा सन्तुलन नभएसम्म संसारका कुनै पनि नेतृत्व रूपान्तरणकारी हुन नसक्ने रहेछन्,’ लेखक मिश्र भन्छन्, ‘पुस्तकले ती गुणहरूको महत्त्वमाथि विशेष जोड दिएको छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्