काठमाडौंः मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज मनाइँदैछ। कोरोना भाइरस सङ्क्रमणका कारण मुस्लिम आयोगलगायत विभिन्न सराेकारवाला निकायले घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन विज्ञप्ति जारी गरी आह्वान गरेका छन्।
बकर इदकाे अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएकाे छ। रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधिअनुसार आज याे पर्व मनाउन लागिएकाे हाे।
बकर इदमा मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिदमा गई सामूहिक नमाज पढ्छन्। नमाज सकेर एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान पनि गर्ने गरिन्छ।
यस्तै बकर इदकाे अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीलगायत विभिन्न सार्वजनिक पद धारण गरेका तथा राजनीतिक नेतृत्वले शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया