काठमाडाैंः यस वर्षकाे चैते दशैं २०७८ सालकाे वैशाखमा परेकाे छ। चैते दशैं चैत्र शुक्ल अष्टमी तिथिमा पर्ने गर्छ। ०७८ काे वैशाख ७ गते मङ्गलबार यस वर्षकाे चैत्र शुक्ल अष्टमी रहेकाले आगामी वर्ष तीन वटा दशैं हुने भएकाे हाे।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) अनुसार २०७८ को चैते दशैं साेही वर्षकाे चैत २६ गते शनिबार परेको छ।
यस्तै बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबारबाट घटस्थापना गरेर शुरु हुने भएको छ। असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते महानवमी र असोज २९ गते शुक्रबारका दिन विजयादशमी पर्व परेको छ।
यसैगरी कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ। लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ।
यस वर्ष विसं २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विसं २०७८ मा तीन वटा दशैँ परेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए।
प्रतिक्रिया