काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४५५ जना कोभिड संक्रमित थपिएका छन् । ६ हजार २१४ वटा नमुनाको परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेकोे छ ।
त्यस्तै बिहिबार ८०४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया