काठमाडौँ: प्रदेश नं. १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु सेवा सुरु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले गत शनिबार श्रीमतीको मिर्गौला श्रीमानको शरीरमा सफलतापूर्वक प्रत्यारोपण गरेर यो सेवा सुरु भएको हो ।
सुनसरीको धरान–६ का ३३ बर्षीय टेकनाथ भुर्तेलको शरीरमा उनकी श्रीमती ३३ बर्षीया नन्द कुमारीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘नोबेलमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ,’ डा.शर्माले भने, ‘प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मिर्गौला प्रत्यारोपण थालेको हो । अब, नियमित रुपमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गछौं ।’
अहिले संघीय राजधानीमा मात्र मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । पूर्वी नेपालमा पहिलो पटक नोबेलमा यो सेवा सुरु भएको हो । नोबेलका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठ र यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा.रामसागर शाहको नेतृत्वमा यो सेवा सुरु गरिएको हो ।
प्रतिक्रिया