गीतकार तथा साहित्यकार मुकुन्दराज शर्माको दोश्रो निवन्ध कृति “धोबीघाट मेलोडी” ले पाठकको मन जितेको छ।
हालै काठमाडौंमा एक समारोहवीच सार्वजनिक गरिएको कृतिप्रति पाठकहरुको सकारात्मक प्रतिकृया आएको प्रकाशन संस्थाले जनाएको छ। पुस्तकवारे पाठकहरुले स्वाद लिईरहेका छन भने समिक्षकहरुले पनि खुलेर प्रशंशा गरेका छन।
पाँच महिनाअघि निधन हुनु भएका लेखकका पिता निमानन्द शर्मावारे
स्वयं श्रष्टा मुकुन्दराज शर्मा:
भोगविलास ट्रक साहित्य हुन्, पढुन्जेल खुबै रमाइलो । भर्खरै शतायु पार गरेका मेरा बुबाको मृत्यु भयो । यो सबैका त्यति ठूलो समाचार होइन । हामीलाई भने शिरमाथि आकाश खसेझैँ भयो । एक झाँक्का बतासले टाउकाको टोपी उडाइदियो । डाक्टरहरूले हारे, औषधीहरूले हारे, ईश्वरको प्रार्थनाले हार्यो, अश्रुभेलले हार्यो, विह्वलताले चिराचिरा परेका हृदयहरूले हारे, बिन्तीहरूले हारे । मृत्युले एक्लै जित्यो जीवनभरिको थकाइलाई विश्राम दिँदै आफैले बनाएको तुलसीको मठनेर लमतन्न परेर निदाइरहनु भएको थियो बुबा । मानौँ यहाँ केही भएकै छैन । एउटा ठूलो भीडले वरिपरिबाट घेरा हालेको थियो। कहिलेकाहीं भीड पनि सहारा बन्दो रहेछ । सन्त कबीरको दोहा सम्झना भयो।
कबीरा जब हम पैदा हुए
जग हँसे, हम रोए
ऐसी करनी कर चलो
हम हँसे जग रोए ।
सूर्यास्तका बेला हामीले बुबालाई काँधमा उचालेर हिँड्यौँ। पछिपछि आँसुका मलामीहरूको लर्को थियो । महाप्रस्थानका बेला वृद्ध आमासँग बिदा पनि माग्नुभएन, सधैंझै औषधी समयमै खानु है पनि भन्नुभएन । आमासँग पहिलोचोटि मृत्युको यति निष्ठुरी खेल खेल्नुभयो बुबाले ।
पुस्तकको समिक्षा गदै डाक्टर जीवलाल बस्यालले शर्माका निवन्धमा केन्द्रीत हुदै लेखेका छन - नेपाली निबन्धका पाठकले आफ्नो मनमस्तिष्कले साहित्यिक आस्वादका रूपमा अवश्य स्विकार्नेछन्। क्षणहरू खण्डमा समाविष्ट आठ निबन्धमध्ये एक ‘क्षणिकी विमर्श’ले निबन्ध विधाका क्षेत्रमा मौलिक दृष्टिकोणको उपस्थापन गर्न खोजेको छ।कलात्मक काव्यकारिता शिर्षकमा अन्नपूर्ण पोष्टमा डक्टर वस्यालको समिक्षा पठनीय छ।
प्रस्तुत छ केही अंश :
‘अनुभूतिहरू’ नामक दोस्रो खण्डमा ‘एउटा प्रेमपत्र’, ‘आइज न यार ः बात मारौं’, ‘भाग्यमानी रैछस् भुक्दै गरेस्’, ‘छ बाट छोडे’, ‘कलम चोर’, ‘मनभरि फुल्छ रहको तोरीबारी’, ‘म यस्तो गीत लेख्न सकूँ’ र ‘अल्जाइमर्सले निलेको शताब्दी’ शीर्षकका आठ निबन्ध छन्। जीवन भोगाइका अनेकानेक घटनालाई इमान्दारीका साथ संयोजन गर्दै तिनलाई अनुभूतिमय, तरल एवं भावावेगमय रूपमा प्रस्तुत गर्ने जमर्को यी निबन्धमा भएको हुँदा यिनलाई ‘अनुभूतिहरू’ शीर्षक खण्डमा क्रमबद्ध गरेको देखिन्छ। अर्थात् उल्लिखित निबन्ध अनुभूति प्रधान निजात्मक निबन्ध हुन्। तिनमा बाल्यकालीन, युवाकालीन र प्रौढ जीवनका विभिन्न सन्दर्भ जोडिएको हुँदा निजत्वको बहुआयामिकस्वरूप दृष्टिगोचर हुन्छ। ‘एउटा प्रेमपत्र’मा युवाकालीन प्रणयमूलक रंगीन अनुभूतिको कोलाज प्रणय दर्शनका साथ संश्लेषित भएको छ भने ‘अल्जाइमर्सले निलेको शताब्दी’मा वाद्र्धक्य एवं मृत्यु सन्दर्भित तीव्र मानवीय अनुभूति शक्तिशाली रूपमा प्रकट भएको पाइन्छ।
विसंगतिमूलक अनुभूति, विद्रोह र अस्तित्व खोजका दृष्टिले समेत पछिल्लो निबन्ध शक्तिशाली छ। पिताको मृत्युका कारण उत्पन्न आन्तरिक आघात, त्यसका प्रकम्पन, छटपटी र विद्रोहका स्वरहरूको संश्लेषणले यस निबन्धलाई शक्तिशाली तुल्याएको छ। ‘आइज न यार, बात मारौं’ शीर्षक निबन्धले बाल्यकालीन जीवनका रमणीय क्षणहरूको स्मरणका साथै तात्कालिक अनुभूतिहरूको रसास्वादन गराई प्रचुर मनोरञ्जनसमेत प्रदान गर्छ। आत्मकमजोरीहरूको उत्खनन र त्यसबाट मुक्त हुन मानिसले गरेका प्रयत्नलाई हास्यव्यंग्यात्मक रूपमा प्रस्तुति गरिएको हुँदा ‘छ बाट छोडें’ निबन्ध आकर्षक बनेको छ।

प्रतिक्रिया