लेटेस्ट न्युज
advertisement1

हिन्दू धर्म मान्ने हाम्रो परम्परा हो : सभापती देउवा

Maryada News 2025-03-30 19:11:10
हिन्दू धर्म मान्ने हाम्रो परम्परा हो : सभापती देउवा

डडेल्धुरा, नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेपाल हिन्दू धर्म हिन्दू संस्कृति मान्ने राष्ट्र भएको बताएका छन् ।

डडेल्धुरा–डोटी जिल्लाको संगमस्थल सेती र साकल्य नदी मिसिएर हुने त्रिवेणी गहनान धाममा आइतबार श्रीमद भागवत महायज्ञको उद्घाटन गर्दै उनले हिन्दू परम्परालाई मान्ने नेपालीको परम्परा रहेको बताएका हुन् ।

हिन्दू धर्म मान्ने हाम्रो परम्परा होू, उनले भने, गाई लाई पूजा गर्ने देश हो । गौ हत्या गर्न पाइँदैन् । कडा कानून छ । यसलाई अझै कडाईका साथ लागू गर्ने छौं ।

माघे सङ्क्रान्तिका दिन स्नान गर्नेको घुइँचो लाग्ने गहनान धाम मशान पनि हो । यस क्षेत्रको ठूलो मसान भएको उल्लेख गर्दे सभापती देउवाले यो अत्यन्तै महत्त्वपूर्ण ठाउँ भएको बताए ।

हाम्रो बाजे पूर्खाहरूको चिहान होू, उनले भने, उहाँहरूलाई यही जलाएको हो । यहा दिवंगत आत्मको अन्तिम संस्कार गर्नुका साथै हिमालबाट बगेको सेती नदीमा स्नान गरी पुण्य लाभ हुन्छ भन्ने मान्यता रहिआएको छ ।

सेती नदी र सकायल नदी गाडको सङ्गमस्थल विभिन्न ऋषि मूनीहरूले तपश्या गरेको पवित्र स्थान भएको बताउँदै उनले यहाँ हुने मेला र पूजाहरूमा धेरै पटक आफू पुगेको स्मण गरे ।

गहानान क्षेत्रकै माथि डाँडोमा रहेको उच्चकोट विद्यालयमै आफूले अध्ययन गरेको सम्झदै उनले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर यता पूर्व उत्तरका स्थानीयहरूको पवित्र स्थलमा रूपमा गहनान रहेको बताए ।

यहाँ विभिन्न देवताका मन्दिरहरू छन् । उनले भने, घण्टेश्वर उताका स्थानीय महाकाली नदीको किनार परशुराम जाने गर्दथे ।

त्यसलाई फर्सनान भनिन्थ्यो । घण्टेश्वर यताका मान्छेहरू अन्तिम संस्कार, अस्तु सेलाउन र स्नान गर्न यस ठाउँमा आउने चलन पुर्खौंदेखि रहिआएको उनले बताए ।

धार्मिक पर्यटन प्रवर्धन र गहनान क्षेत्रको विकास गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको छ ।

डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका ४, गन्यापधुरा गाउँपालिका ५ र डोटी जिल्लाको शिखर नगरपालिका १० को सङ्गमस्थल बानेडुग्रीसैनमा अवस्थित गहनान धामुमा महायज्ञको आयोजना गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

तीन वटै पालिकाको समन्वय र सहकार्यमा महायज्ञको आयोजना गरेको उनले बताए ।

उनका अनुसार गहनान क्षेत्र विकास समितिले चैत १७ गतेदेखि २५ गतेसम्म श्रीमद् देवीभागवत महापुराण ज्ञान धन, धन्याञ्चल लक्ष हवन महायज्ञ २०८१ आयोजना गरेको हो ।

शिखर नगरपालिकाका नगर प्रमुख दीर्घबहादुर बलायरले गहनानसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार विकासका कामअघि बढाउन कांग्रेस सभापती देउवालाई ज्ञापन पत्रसमेत बुझाए ।

गहनान् क्षेत्रमा आवश्यक पूर्वाधार, संस्कृत विद्यालय स्थापना, सेती र सकायल नदीको कटान रोक्न तटबन्ध निर्माण, सेती नदीमा पुल, महाभारत पर्वत क्षेत्र भएर गन्यापधुराको रेल–शिखर–केआइसिंह गाउँपालिका जोड्ने सडक निर्माणका लागि मागपत्रसहित ज्ञानपत्र बुझाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्