लेटेस्ट न्युज
advertisement1

प्रधानन्यायाधीले पठाए नेपाल बारलाई पत्र

Maryada News 2021-11-19 20:05:07
प्रधानन्यायाधीले पठाए नेपाल बारलाई पत्र

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एशोसिएसनलाई वार्ताको लागि आह्वान गरेका छन् । प्रधानन्यायाधीश जवराले अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको आह्वान गरेका हुन् ।

बारको सल्लाहकार समितिको बैठक शुरु हुनलाग्दा श्रेष्ठलाई सर्वोच्च अदालतबाट पत्र प्राप्त भएको थियो । बार अध्यक्ष श्रेष्ठले आफूलाई आएको पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए ।

बारका एक पदाधिकारीका अनुसार, प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको भन्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गरेका छन् ।

प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा उल्लेख गर्दै संवाद र छलफलबाट नै समाधान खोज्ने गरी पत्र पठाएको ती पदाधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्