बाँकेः काेराेना भाइरस संक्रमणका कारण जिल्लामा बिहीबार एकैदिन ११ जनाको निधन भएको छ। बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जनाकाे निधन भएकाे बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
उनकाअनुसार निधन हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ निवासी ६७ वर्षीया महिला रहेका छन्।
यसैगरी बाँकेमा उपचारका लागि आएका बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीय महिलाको पनि निधन भएको स्रोत व्यक्ति वलीले बताए।
यससँगै बाँकेमा कोरोनाबाट निधन हुनेको सङ्ख्या एक सय १० पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म एक सय ११ जनाको निधन भएको छ।
प्रतिक्रिया