डाेटीः सुदूरपश्चिम प्रदेशका १९ हजार दुई सय ८५ कोरोना सङ्क्रमित निको भएका छन्। प्रदेशमा हालसम्म पनि सङक्रमणमुक्त हुनेभन्दा सङ्क्रमण हुनेकै सङ्ख्या बढी रहेकाे छ।
प्रदेशमा कैलाली जिल्लामा सबैभन्दा बढी सङ्क्रमित रहेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कैलालीमा हालसम्म १३ हजार पाँच सय ८४ सङ्क्रमित रहेका छन्। जसमध्ये आठ हजार पाँच सय ४६ जना सङ्क्रमणमुक्त भएका छन्। यो कैलालीका कूल सङ्क्रमित सङ्ख्याको झण्डै ६३ प्रतिशत हो।
अछाममा एक हजार नाै सय एक, बैतडीमा नाै सय २६, बझाङमा एक हजार ५७ र बाजुरामा ६ सय २४ सङ्क्रमित निको भएका छन्। यसैगरी कोरोना सङ्क्रमणमुक्त हुनेमा डडेल्धुराका आठ सय ७६, दार्चुलाका चार सय चार, डोटीका एक हजार ६ सय ३३ र कञ्चनपुरका तीन हजार दुई सय ५३ जना रहेका छन्।
निर्देशनालयका अनुसार सुदूरपश्चिममा अझै ११ हजार चार सय ४० सक्रिय सङ्क्रमितहरू छन्। सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ९९ हजारको परीक्षण गर्दा ३१ हजार दुई सय जनामा कोरोना सङ्क्रमण देखिएको थियो। यो सङ्ख्या परीक्षण गरिएका कूल सङ्ख्याको १५.५७ प्रतिशत हुन आएको निर्देशनालयका निर्देशक डा गणराज अवस्थीले जानकारी दिए।
दोस्रो चरणमा सङ्क्रमितलाई समयमै अस्पताल पुर्याउन नसक्दा तथा अक्सिजन नपाएका कारण बचाउन सकिएको छैन। स्वास्थ्य निर्देशक डा अवस्थीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म तीन सय ९७ जनाले ज्यान गुमाएका छन्।
प्रतिक्रिया