काठमाडाैंः नेपाल प्रहरीले संरक्षित जिउँदो उल्लु चरासहित एक जनालाई पक्राउ गरेको छ। धुलिखेल नगरपालिका–९ विपी राजमार्गस्थित काभ्रेभञ्ज्याङमा जाँचका क्रममा उल्लु चरासहित रामेछाप जिल्लाको रामेछाप नगरपालिका–२ भिरकोट का ३४ वर्षीय केशर श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।
बिपी राजमार्ग सडकखण्डमा विभिन्न सवारी साधन तथा हिँडडुल गर्ने शङ्कास्पद व्यक्तिको जाँचका क्रममा सोमबार दिउँसो भकुण्डेबाट धुलिखेलतर्फ हिँड्दै आइरहेका श्रेष्ठलाई जाँचका क्रममा लुकाइछिपाइ ल्याएको जिउँदो उल्लु चरासहित पक्राउ गरिएकाे प्रनाउ खतिवडाले बताए।
नियन्त्रणमा लिइएका श्रेष्ठलाई बरामद गरिएको चरासहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल पठाइएको प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया