काठमाडाैंः धुलिखेलमा 'खैरे' मारिएकाे केस सेलाउन नपाउँदै नेपाल प्रहरीले बाँसकाे भाटाले कुटीकुटी कुकुर मारेकाे भिडियाे सार्वजनिक भएकाे छ। पेस्ताेलसहित उभिएका प्रहरीकाे टाेलीमा रहेका एक प्रहरीले कुटीकुटी कुकुरकाे हत्या गरेकाे भिडियाे सामाजिक सञ्जालमा हाल भाइरल भइरहेकाे छ।
गल्लीबाट लखेट्दै मूल बाटाेमा ल्याइ उनले कुटीकुटी निर्ममतापूर्वक कुकुरकाे हत्या गरेका छन्। कुकुर पीडामा जाेड जाेडले कराएकाे देखिन्छ। भिडियाेमा देखिएकाे स्थानअनुसार घटना काठमाडाैंमा भएकाे हाे। भिडियाे १५ अप्रिलमा पाेस्ट गरिएकाे छ। यदी साे मितिलाई घटना भएकाे आधार मान्ने हाे भने याे घटना धुलिखेलमा खैरे मारिएपछिकाे हाे।
भिडियाेकाे अन्तिममा अर्का ट्राफिक प्रहरी मरेकाे कुकुरलाई घिसार्दै सडकबाट हटाउँदै गरिरहेकाे देखिन्छ।
धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा बिजुलीको पोलमा बाँधेर दुईजना पुरुषले कोदालो र फलामको रडले टाउकोमा हिर्काएर खैरे नामकाे कुकुरको हत्या गरेको भिडियाे सार्वजनिक भएकाे थियाे। खैरेकाे हत्या गर्नेविरुद्ध प्रहरीमा उजुरी पनि परेकाे थियाे। यद्यपि हाल प्रहरीले नै कुकुर मारेकाे भिडियाे सार्वजनिक भएकाे हाे।
यस्ताे छ निर्ममतापूर्वक कुकुर मारिएकाे भिडियाेः
प्रतिक्रिया