मकवानपुरः कुलेखानी हुँदै काठमाडाैं जाेड्ने राजमार्गकाे हेबी-फाखेल सडकखण्डको मर्मतसम्हार गर्न सडकमा सवारी आवगमन ठप्प पारिने भएकाे छ। भाेली चैत २८ देखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारको यातायात सेवा बन्द गरिने भएकाे हाे।
कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौं जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यको लागि कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सबै प्रकारको यातायात सेवालाई बन्द गर्नुपरेको वाग्मती प्रदेश, यातायात पूर्वाधार निर्देशनालयका प्रमुख निर्देशक डा सहदेव भण्डारीले बताए।
उनकाअनुसार, काठमाडौंको दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्डमा भने यातायात सञ्चालनमा रोक लगाइएकाे छैन। यातायात व्यवसाय विभाग, जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको आज बसेको संयुक्त बैठकले भोलिबाट हेबी-फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेकाे यातायात पूर्वाधार निर्देशनालयका निर्देशक भण्डारीले बताए।
प्रतिक्रिया