काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियहितका विषयमा छलफल हुुँदा सुरक्षामा मात्र होइन, सुरक्षासँग जोडिएर आउने विभिन्न आयामका सम्बन्धमा ध्यान पुु-याउन आवश्यक रहेको बताएका छन् । शिवपुुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालीम समापन समारोहमा उनले हाम्रो जस्तो सानो र विकासमा पछि परेको मुलुकले राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाका विषयमा अत्यन्त होसियार हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने, “आन्तरिक सुरक्षाको प्रश्नमा कसैको स्वार्थका लागि हाम्रो भूमि आतङ्कवादको केन्द्र नबनोस्, अनुुचित क्रियाकलापमा मुुछ्ने, शान्ति सुुव्यवस्था खलबल्याउने तथा भय एवं आतङ्कको वातावरण सिर्जना हुन नदिनेतर्फ हामी चनाखो हुुनुपर्छ ।”
आतङ्कवादको कुनै सीमा नहुने हुुनाले त्यसलाई हाम्रो मुलुुकमा पस्न दिन नहुने बताउँदै उनले भने, “आतङ्कवाद कहीँकतैबाट पनि पस्न नपाओस् ।” कुुनै राज्यलाई अप्ठेरोमा पार्नुुछ भने आन्तरिक द्वन्द्व र फाटो सिर्जना गर्ने गरेको बताउँदै प्रधानमन्त्री ओलीले इष्र्या, अहङ्कार, पूर्वाग्रह, वैयक्तिक आत्मकेन्द्रित स्वार्थले द्वन्द्वलाई मलजल गर्ने धारणा राखे ।
उनले भने, “सुुम्पिएको जिम्मेवारी पूरा नगर्ने तथा राजनीतिक पूर्वाग्रहका आधारमा काम गर्ने व्यक्तिले राष्ट्रिय एकतालाई बलियो बनाउँदैनन्, ती मुुलुकलाई विभाजन गर्न खोज्ने तत्व हुन् ।” सामाजिक मूूल्यमान्यतालाई साझा बनाएर एकतालाई कायम राख्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “हाम्रो आवश्यकता भनेका विविधतामा एकता हो । यथार्थ, विविधता र आवश्यकता एकता । विविधता सुुन्दरता हो, एकता बल हो ।”
विविधता, सहअस्थित्व, सहकार्य, पारस्परिक सहयोग हाम्रा राष्ट्रिय पहिचान भएको बताउँदै उनले भने, “मुुलुकको खतरा भनेको साम्प्रदायिकता हो, हिंसाको राजनीतिबाट नेपाललाई मुक्त गरिएको छ । हिंसा जनताको बाध्यता भए पनि छनोट हुन सक्दैन ।” लहड र रहरको रुपमा हिंसालाई कहिल्यै छनोट गर्न नसकिने बताउँदै प्रधानमन्त्री ओलीले भने, “हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध हाम्रो हितमा हुुन्छ, राष्ट्रिय हित न्यायमा आधारित हुुनुपर्छ ।”
राष्ट्रिय सुरक्षाको विषय शान्ति, सुरक्षा, जनताको चाहना, सुुशासन, समृद्धि, भ्रष्टाचार नियन्त्रणसँग जोडिने बताउँदै उनले ‘राष्ट्रिय हित र सुरक्षाको पाटो सेनाको एकल जिम्मेवारीबाट मात्र होइन, सरकार र नागरिक समाजको दायित्वभित्र पर्छ’ भने ।
विसं २०७७ मा मेलम्चीको पानी आएको, रानीपोखरी उद्घाटन भएको तथा अरु विकास निर्माण र पूूर्वाधार निर्माणका हिसाबले राम्रै रहे पनि कोभिड–१९ को प्रभाव र केही नेताको राजनीतिक छटपटीले देशलाई आक्रान्त तुुल्याएको प्रधानमन्त्रीले धारणा राखे । समारोहमा प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरे ।
प्रतिक्रिया