लेटेस्ट न्युज
advertisement1

कविता : मेरो पेटमा लात हान्यौ 

Maryada News 2021-04-02 15:42:19
कविता : मेरो पेटमा लात हान्यौ 

मेरो पेटमा लात हान्यौ
मेरो बजार सुकाइदियौ 
हास्यव्यङ्ग्यको मञ्च लुट्यौ

टुक्का धेरै जान्यौ 
गोठालोमा उटपट्याङ 
गर्दागर्दै राजनीतिमा आयौ
जे जान्यौ त्यही गर्‍यौ 
बेसरी बाख्रा पिटेको 
भैँसी कुटेको 
बोका लखटेको 
राँगोमाथि चडेको 
सबै गर्‍यौ मञ्चमा उभिएर 

जानेको रहेछौ
याद रहेछ सबै
कस्तो एउटा  नबिर्सेको
जस्ताको तस्तै होइन
त्यो भन्दा शानको 
तिम्रो प्रस्तुति 
हेर्न हामी तिम्रो मञ्चमा
भोलि झन्डा बोकेर 

हुल बाँधेर, हात समातेर 
खादा र माला बोकी
आउने छौँ ब्यानरको पछाडि बसी
तिमी दौरा सुरुवाल 

अनि कालो चस्मामा आउनु
धेरै भो हाम्रो बजार सुकेको 
तिमीलाई  अनुबन्धन गर्छौं भोलि
हाम्रो पनि नेता भएर

नेतृत्व गर्दै, सुकेको हाम्रो बजारमा
तिम्रो आगमनले कतै 
विश्व रङ्गमञ्चमा चार्ली चाप्लिन 
अनि चर्चित विश्व रङ्गकर्मी सबै 
पछाडि पर्ने छन् 

त्यसै ले शुभकामना 
आऊ भोलि ११ बजे 
सहरको त्यो ठूलो हलमा गरी 

नेता भएर होइन 
हाम्रो बजार सुकाइदिने भएर
मेरो पेटमा लात हान्ने भएर।

- श्रीकृष्ण सिम्खडा


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्