बाँदरहरूको पनि आफ्नो जङ्गल हुन्छ, एकतामा निश्चित बल हुन्छ ।
छेपारोजस्तो मौसमी रङ्ग बदल्दैनन्, बाँदरहरूको स्थायी दल हुन्छ ।।
एकछिन झगडा गर्लान् तर फुट्दैनन्
इर्ष्या भट्टीमा आफैलाई भुट्दैनन्
अलि सामाजिक चेतना हुन्छ
हामी र हाम्रो भन्ने भावना हुन्छ ।
बाँदरहरूको पनि बाटो देखाउने एउटा नेता हुन्छ
सामाजिक जीवन हुन्छ, दलमा एकता हुन्छ ।।
कहिले ढेडुहरूसँग, कहिले गोइलानहरुसँग मिल्दैनन्
आफ्नो दलबल छोडी मैँ हुँ भनी एक्लै डुल्दैनन्।
बाँदरहरूको पनि आफ्नो जङ्गल हुन्छ, एकतामा निश्चित बल हुन्छ ।
छेपारा जस्तो मौसमी रङ्ग बदल्दैनन्, बाँदरहरूको स्थायी दल हुन्छ ।।
- बिष्णु प्रसाद जोशी
खप्तड छान्ना गाउँपालिका-५ पिठातोला, बझाङ
हाल : विद्यावारिधि (रसायन शास्त्र), युनिभर्सिटी अफ म्यासचुसेट्स
प्रतिक्रिया