लेटेस्ट न्युज
advertisement1

तुलसीपुरमा तीर्थयात्राको स्कर्पियो दुर्घटनामा चार जनाको मृत्यु

Maryada News 2025-03-28 12:56:37
तुलसीपुरमा तीर्थयात्राको स्कर्पियो दुर्घटनामा चार जनाको मृत्यु

तुलसीपुर, तीर्थयात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिकाका चार जनाको मृत्यु भएको छ ।

तुलसीपुरबाट भारतको विभिन्न तीर्थस्थल यात्राका लागि बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कर्पियो गाडी भारतको तुलसीपुर नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनीका अन्दाजी ३७ वर्षीय युवराज चापागाईसहित चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी तुलसीपुर–७ कै निवासी मोतीराम वलीकी आमा ८० वर्षीया वृद्धाको मृत्यु भएको छ । मृतक दुई जनाको भने अझै नाम खुलेको छैन्

गाडीमा नौ जना सवार रहेको र अरू घाइते भएको उनले बताए । वडाध्यक्ष जिसीका अनुसार दुर्घटना बिहीबार दिउँसो ४ बजेतिर भएको हो ।

मृतक चार जनालाई घरमा ल्याउने थालिएको वडाध्यक्ष जिसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्