एजेन्सीः उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरूले गरेको आक्रमणमा परी कम्तीमा २९ जनाको ज्यान गएको छ। युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको थियो।
साे आक्रमणमा ज्यान गुमाएका २५ जना सर्वसाधारणको शव भेटि सकिएको छ। आक्रमणमा अरु चार जना विद्रोही पनि मारिएका छन्। त्यस्तै आक्रमण पश्चात साे क्षेत्रबाट कम्तीमा ५० जना सर्वसाधारण हराएकाे बताइएकाे छ।
सैनिक स्राेतका अनुसार उनीहरूलाई ती विद्रोहीहरुले अपहरण गरेर लगेका छन्। विद्राेही समूहले के कारण आक्रमण गरे भन्नेबारे खुलेकाे छैन।
प्रतिक्रिया