एजेन्सीः अमेरिकाकाे फ्लाेरिडा राज्यस्थित मयामीमा एक १२ तले भवन भत्किँदा एक सय ५९ जना वेपत्ता भएका छन्। ४० वर्ष पूरानाे भवन भत्किँदा चार जनाकाे निधन भइसकेकाे छ भने कयाैं हाताहाती भएकाे शंका गरिएकाे छ।
मयामीका मेयरले फसेका नागरिकहरू अझै जीवित भेटिन सक्ने बताएका छन्। हालसम्म एक सय दुई जनाकाे उद्धार गरिसकिएकाे छ। यद्यपि कति नागरिक भवनमा फसेका छन् भन्ने यकिन हुन सकेकाे छैन।
उद्धारकर्ताहरूले भग्नावशेषबाट नागरिक चिच्याएकाे आवाज आएकाे बताइरहेका छन्। राति १ बजे भवन ढलेकाे हुँदा अधिकांश नागरिक सुतेकाे भएकाले धेरै हाताहाती भएकाे हुन सक्ने बताइएकाे छ।
प्रतिक्रिया