स्तानबुल ः अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच शुक्रबार फोनवार्ता भएको छ । सो वार्ताका क्रममा उनीहरु एक अर्काको बीचमा व्यापक सहमति निर्माण गरी आगामी दिनमा सहमति र सहकार्यका साथ अघि बढ्ने सहमति भएको बताइएको छ । टर्कीको राजधानी इस्तानबुलस्थित टर्कीस् राष्ट्रपतिको कार्यालयले दिएको जानकारीमा सो कुरा उल्लेख गरिएको छ ।
प्राप्त समाचारमा उनीहरुले पछिल्लो समयमा विकसिक विश्व राजनीतिका साथै कोभिडका कारण उत्पन्न विश्वव्यापी असहज परिस्थितिका विषयमा पनि कुराकानी गरेका थिए । उनीहरुले पछिल्लो समयमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमाा पनि कुराकानी गरेका थिए । उनीहरुबीच आगामी जुन महिनामा द्धिपक्षीय भेटवार्ता हुने भएको बताइएको छ । आगामी जुन महिनामा बेल्जियमको ब्रसेल्समा नेटो राष्ट्रका नेताहरुको सम्मेलन हुने भएको छ । सोही सम्मेलनका क्रममा उहाँहरुबीच भेटवार्ता हुने बताइएको छ ।
प्रतिक्रिया