लेटेस्ट न्युज
advertisement1

चीनको हेनान प्रान्तमा आएको बाढीबाट ५६ जनाको मृत्यु  

Maryada News 2021-07-24 21:12:16
चीनको हेनान प्रान्तमा आएको बाढीबाट ५६ जनाको मृत्यु  

हेनान, चीन : मध्य चीनको हेनान प्रान्तमा शुक्रबारसम्म भएको व्यापक वर्षापछिको बाढी तथा डसबानका कारण कम्तीमा ५६ व्यक्तिको मृत्यु भएको छ । सो प्रकोपपछि चार लाख ९५ हजार व्यक्तिलाई अस्थायी रूपमा अन्य सुरक्षितथलमा लगिएको ग्लोबल टाइम्सले प्रान्तीय सरकारलाई उद्धृत गर्दै समाचार लेखेको छ ।     
     
पिपुल्स लिबरेशन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले २५ हजार सैनिक, सशस्त्र प्रहरीलाई हेनानको लागि पठाएको छ । ती सुरक्षा अधिकारी बाढीमा फसेका मानिसहरुलाई सुरक्षित रुपमा उद्धारको गर्नको लागि पठाइएको हो ।     
     
चीन राज्य बाढी नियन्त्रणको लागि राहत मुख्यालयले पानीको स्रोत, आपतकालिन व्यवस्थापन र स्वास्थ्य मन्त्रालयहरूको एक टोली शुक्रवार सिन्सिआङ्ग बाढीको असरे निरीक्षण गर्न समन्वय गरेको छ ।     
     
गएको साताको अन्तदेखि मुसलधारे वर्षाले हेनान प्रान्तलाई सताएको छ । प्रान्तीय राजधानी झेङझाओमा १२ करोड व्यक्ति प्रभावित भएका छन् । झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्