म्याग्दीः बहुचर्चित नेपाली लाेक गीत ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको हो।
गायक श्रेष्ठ लामो समययता मिर्गौलासम्बन्धी समस्याले ग्रसित थिए। उनको निधनले नेपाली लोक सङ्गीतको क्षेत्रमा ठूलाे क्षति भएकाे सर्जकहरूकाे भनाइँ छ।
श्रेष्ठकाे ‘बेनीको बजार’ बोलको गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएकाे थियाे। उनले यस गीतलाई श्रीमती मन छन्त्यालसँग युगल गायन गरेका थिए।
प्रतिक्रिया