advertisement1

गायक धुर्ब बिस्कोको नयाँ गीत “रेलै चढी जाउ” बजारमा

Maryada News 2021-11-13 20:41:12
गायक धुर्ब बिस्कोको नयाँ गीत “रेलै चढी जाउ” बजारमा

काठमाडौँ । गायक धुब्र बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ । “रेलै चढी जाउ” बोलको यस गीत केहि समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो ।

बजारमा थुप्रै हिट गीत दिन सफल गायक बिस्कोको यस गितले पनि बजार तताउने अपेक्षा गरिएको छ । रोम्यान्टिक मुद्रामा प्रस्तुत गरिएको गीतको भिडियोले जो कोहीको पनि मन लोभ्याउँछ ।

गीतमा कलाकारहरु नयाँ अनुहारका देखिए पनि उनीहरु पनि भविष्यमा राम्रो संभावना बोकेका कलाकारहरु हुन्, भनेर सहजै अड्कलबाजी गर्न सकिन्छ । उनीहरुको अभिनयले पनि गीतको भिडियोमा अझ श्रृङगार थप्ने काम गरेको छ ।

गायक बिस्को पछिल्लो एकदशक यता सक्रिय एवं लोकप्रिय गायक हुन् । बजारमा आएका काग दाजै, टपरीमा भात, राइफलको सिरानी, ब्युटीपार्लर, सिल्की कपाल लगायतका थुप्रै गीतहरु उनका हिट मानिन्छन् ।

गतमा शब्द शारिका घिमिरेको रहेको छ भने लय तथा स्वर गायक बिस्कोकै रहेको छ । गायिका अनु चौधरीले उनलाई सुमधुर स्वरमार्फत साथ दिएकी छन् ।

गीतको भिडियोमा बलराम परियार, शायना श्रेष्ठ र जेरी भण्डारीको अभिनय रहेको छ । भिडियो निर्देशन भने सुरेन्द्र मल्ल ठकुरीले गरेका हुन् । गीतलाई दिया प्रोडक्सन युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्