काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा चुडाल र सुवेदीलाई न्यायाधीश नियुक्त गरेकी हुन् ।
गत फागुन २८ गते न्यायपरिषद बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो । गत शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
प्रतिक्रिया