लेटेस्ट न्युज
advertisement1

मर्स्याङ्दीमा जेसिबी फस्यो, अपरेटरको सकुशल उद्धार

Maryada News 2021-06-27 12:04:04
मर्स्याङ्दीमा जेसिबी फस्यो, अपरेटरको सकुशल उद्धार

मनाङः जिल्लाकाे सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमाथिको मोटरेबल पुलमा जेसिबी फसेको छ। नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।

मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले बताए। जेसिबी बीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालकाका अपरेटर सर्लाहीका बरहथवा नगरपालिका–७ स्थायी घर भएका २७ वर्षीय मुकेशकुमार कुशवारको सकुशल उद्धार गरिएको उनले बताए।

जिल्लामा रहेको क्याराभान कम्पनीको एउटा मात्रै डोजर नदीको बीचमा फसेको हो। नदीको सतह घटेपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न थालिएको थियाे। पुलमा बालुवा रहेकाले केही भाग भासिएकाले डोजर अड्किएको हो।

पुलमा बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवा अड्किएर पानी जाने बाटो अवरोध हुँदा नदीले बस्तीतर्फ धार परिवर्तन गरेको छ। नदीलाई पहिलेको धारमा फर्काउन पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न अत्यावश्यक देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्