लेटेस्ट न्युज
advertisement1

बलिउड अभिनेता आमिर खानको दोस्रो पटक सम्बन्धविच्छेद

Maryada News 2021-07-03 21:37:06
बलिउड अभिनेता आमिर खानको दोस्रो पटक सम्बन्धविच्छेद

काठमाडौं : चर्चित बलिउड अभिनेता आमिर खानको दोस्रो पटक सम्बन्ध विच्छेद भएको छ। अभिनेता खान र उनकी श्रीमती किरण रावबीच सम्बन्धविच्छेद भएको हाे । शनिबार खान र राव दुवैले एक बयान जारी गर्दै आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको जानकारी दिएका हुन् ।

संयुक्त बयानमा आमिर र किरणले जीवनको नयाँ अध्याय सुरुवात गर्न चाहेको बताएका छन् । उनीहरुले भनेका छन्,‘१५ वर्षको सुन्दर यात्रामा हामीले आनन्दका साथ जीवनकालको अनुभव गर्यौं । हाम्रो सम्बन्ध केवल विश्वास, आदर र प्रेमका साथ अगाडि बढेको थियो। अब हामी हाम्रो जीवनको नयाँ अध्याय सुरू गर्न चाहन्छौं ।’ उनीहरुले श्रीमान र श्रीमतीको सम्बन्धलाई त्यागेर अब आफ्ना छोराछोरीको सह–अभिभावकको रुपमा र भिन्दै परिवार भएर अगाडि बढ्ने बताएका छन्।

उनीहरुबाट १० वर्ष अगाडि एक छोरा जन्मिएको थियो। छोरा आजाद खानलाई दुवैले राम्रो पालनपोषण गर्ने बताएका छन् । ५६ वर्षका आमिर र ४७ वर्षकी रावबीच सन् २००१ मा चर्चित चलचित्र ‘लगान’को सेटमा भेट भएको थियो । अभिनेता खानको​ यसअघि पनि पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो । 

सन् २००५ मा उनीहरुले विवाह गरेका थिए। सन् २०११ मा उनीहरुबाट छोरा आजादको जन्म भएको थियो । श्रीमती रावकै लगानीमा आमिरको नयाँ चलचित्र ‘लाल सिंह चड्डा’ रिलिज हुने क्रममा छ। यो चलचित्र ओस्कार अवार्ड विजेता टम ह्यांक्स अभिनित चलचित्र ‘फरेस्ट गम्प’को रिमेक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्