काठमाडाैं । संवैधानिक परिषद्काे बुधबार बिहान ११ बजे बस्ने भनिएकाे बैठक स्थगित भएकाे छ । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक स्थगित भएको हाे।
संवैधानिक निकायमा गरिने नियुक्ति सिफारिस सम्बन्धमा सहित अन्य विविध विषयमा बैठक बस्ने तय गरिएको थियो।
यसअघि परिषदले विभिन्न निकायमा गरेको नियुक्ति सिफारिसलाई हाल विघिटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका थिए।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र प्रमुख प्रतिपक्षीदलका नेता सदस्य रहने प्रावधान छ ।
यसअघि आज (मंगलबार) साँझ नै बोलाइएको बैठक बुधबारलाई सारिएकाे थियो। बैठक कुन दिन बस्ने भन्ने टुङ्गाे नलागिसकेकाले संवैधानिक परिषद्काे बैठक अनिश्चित भएकाे छ ।
प्रतिक्रिया